गलकोट–१० वार्षिक प्रतिवेदन : साढे ३ करोडभन्दा बढी बजेट खर्च

Image
सुरेश छन्त्याल/ गलकोट बागलुङ – गलकोट नगरपालिका–१० पाण्डवखानीले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वडाअध्यक्ष भक्तबहादुर काउचाले वडाले सिफारिस, पञ्जीकरण, एकीकृत सम्पत्ति तथा भूमिकरणबाट संकलनबाट ९ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । वडा कार्यालयबाट प्रवाह हुने नियमित तथा प्रशासनिक प्रतिवेदन वडा सचिव ठाकुर तिमिल्सिनाले प्रस्तुत गरेका थिए । त्यस्तै पशु सेवा केन्द्र पाण्डवखानीका प्रमुख शिव आचार्यले गतवर्ष कार्यान्वयन भएका क्रियाकलापका बारेमा जानकारी दिएका थिए । सोअवसरमा उनले हाल पशुमा फैलिएको लम्पि स्किन भारसको बारेमा जानकारी गराएका थिए । त्यस्तै, वडाअध्यक्ष काउचाले तीनै तहको सरकारबाट वडाभित्र विकास बजेट ३ करोड ६५ लाखको कार्यान्वयन भएको जानकारी दिए । कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितासँगै आफ्ना धारणा राखेका थिए ।
Tags: