मिडिया प्रति रवि लामिछानेको आक्रोश, ‘ हैट हेडलाईन आतंक र हैरानी, सक्दैनौं, सक्दै त सक्दैनौं’

Image
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक पुरानो मेडिकल कलेज भरतपुरलाई फिर्ता गरिएको छ । पूरानो र अस्पतालले नविकरणसमेत नगरेर राखेको एम्बुलेन्स रास्वपाका सभापति रवि लामिछानेले नविकरण गरेर मोबाइल क्लिनिकको रूपमा प्रयोग गरेका थिए । रास्वपाले एम्बुलेन्सको रंग बदलेर पार्टीको झण्डाको रंग निलो लगाएका थियो । आफूले संचालनमा ल्याएको मोबाइल क्लिनिकबारे नकारात्मक समाचार र टिकाटिप्पणीबारे अध्यक्ष लामिछानेले सामाजिक संजालमा प्रतिक्रिया जनाएका छन् । उनले मोबाइल क्लिनिकमा आफूलाइ प्राप्त गाडी मात्र परिवर्तन गरेको तर सेवा नरोकिएको जानकारी दिएका छन् । आज उक्त मोबाइल क्लिनिकले जुगेडी क्षेत्रमा बा आमालाइ सेवा दिने पनि रविले जानकारी दिएका छन् । यस्तो छ उनको प्रतिक्रिया : कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो, मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ । यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन । मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक र हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं ।
Tags: