एमाले अध्यक्ष ओलीलाई जब नागरिकका दुःखले दिल दुखायो.........

Image
काठमाडौं–नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नागरिकका समस्या प्रतिसँग जोडिएर सामाजिक सञ्जालमा प्रस्तुत हुने गर्छन् । सामाजिक सञ्जालमा आइतवार बिहान उनले किसानको तस्वीर पोष्ट गरेका छन् । बाँदर आतंकबाट पीडित दम्पत्ति जस्तो देखिने तस्वीरमा पुरुष ढलिरहेको र महिला चिन्ताले टाउकामा हात राखेको देखिन्छ । ओलीले कहिलेकाहीं आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्बिर पनि आउने उल्लेख गरेका छन् । ‘तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे, हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो, ’ उनले थपेका छन्, ‘उहाँले तस्वीर पोस्ट गर्दै लेख्नु भएको रहेछ–यसबारे पनि केही बोल्नु ।’ यो तस्वीरले आफ्नो मन पोलेको उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘हो, अवश्य बोल्नै पर्छ, बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पर्छ। तपाईंको जानकारीका लागि हामी सरकारमा रहेका बेला स्थानीय तह मार्फत यसको केही सुरुवात पनि गरेका थियौं, जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तरता दिँदै थप ध्यान दिनु आवश्यक छ ।’
Tags: