३ अर्ब १९ करोड मुनाफामा सिद्धार्थ बैंक, झन बलियो जगेडा कोष

Image
काठमाडौं – सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९र८० मा ३ अर्ब १९ करोड खुद नाफा गरेको छ । बैंकले चौथो त्रयमासमा उल्लेखनीय प्रदर्शन गर्दै आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको देखाएको छ । वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा रू. ३ अर्र्ब १९ करोड खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा रू. २८ करोड ७६ लाख अर्थात् ९.९१५ को वृद्धि हो । बैंकको वितरणयोग्य नाफा रू. ७९ करोड ५७ लाख रहेको छ । यस वर्षको नाफावाट रू. १ अर्र्ब ४६ करोड ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गरेको कारण वितरणयोग्य नाफामा कमी देखिएको बैंकले जानकारी दिएको छ । फलस्वरूप प्रकासित वित्तीय विवरणमा ५.६५५ लाभांश वितरण गर्ने क्षमता देखिए तापनि सो कोषमा छुट्टाइएको रकमलाई समायोजन गर्दा बैंकको वास्तविक वितरणयोग्य नाफा १६५ रहेको देखिन्छ । बैंकको वास्तविक वितरणयोग्य नाफा रू. २ अर्र्ब २५ करोड अर्थात १६५ देखिन आउँछ । यसरी विनियोजन गरेको रकमले बैंकको पूँजी तथा जगेडा कोष मजबूत बनाउने बैंकको भनाइ छ । २०८० असार मसान्तमा बैंकको चुक्ता पूँजी रू. १४ अर्र्ब ८ करोड रहेको छ भने जगेडा कोष रू. ११ अर्र्ब ३७ करोड रहेको छ । बैंकको इक्विटी रू. २५ अर्र्ब ४६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा रू. २१ अर्र्ब ५९ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा मात्रै रू. ३ अर्र्ब ८६ करोड अर्थात् १७.९५ ले इक्विटी वृद्धि गरेको छ । बैंकले कर्जा नोक्सानी व्यवस्था वापत इम्पेयरमेन्ट चार्जअन्तर्गत रू. १ अर्र्ब १२ करोड यस वर्ष मात्रै खर्च लेखांकन गरेको छ । यसका वाबजुत पनि बैंकको खुद व्याज आम्दानी र शुल्क तथा कमिशन आम्दानीमा भएको वृद्धिले गर्दा खुद नाफा रू. २९ करोडले वृद्धि भएको तथ्यांक छ । बैंकको खुद व्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा करिब २४५ अर्थात रू. १ अर्र्ब ५८ करोडले बढेर रू. ८ अर्र्ब १७ करोड आर्जन गर्न सफल भएको छ । त्यसै गरी गत आर्थिक वर्षमा खुद शुल्क तथा कमिशन आम्दानी करिब १२५ (रू. १४ करोड) ले वृद्धि भई रू. १ अर्र्ब ३६ करोड कमाएको छ । बैंकको खुद व्यापारिक आम्दानी तथा अन्य संचालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ । यस अन्तर्गत मुख्यतया विदेशी विनिमय सम्बन्धीत आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ । बैंकको कर्मचारी तथा अन्य संचालन खर्च रू. ३४ करोडले वृद्धि भए तापनि संचालन मुनाफा करिब रू. ४२ करोड (१०५)ले वृद्धि भई रू.४ अर्र्ब ६८ करोड आर्जन गरेको छ । बैंकले चौथो त्रयमासमा उल्लेखनीय प्रदर्शन गर्दै अघिल्ला तीन त्रैमाससम्म आर्जन गरेको खुद नाफाभन्दा चौथो त्रैमासमा मात्र आर्जन गरेको खुद नाफा बढि रहेको छ । बैंकले गत आर्थिक वर्षमा ग्राहकको निक्षेपमा रू. ३२ अर्र्ब १० करोडले उल्लेख्य वृद्धि गरी रू. २२३ अर्र्ब ६५ करोड पु¥याउन सफल भएको छ । गत आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.२५ ले वृद्धि भएको छ भने सिद्धार्थ बैंकको गत आर्थिक वर्षमा १६.७६५ ले वद्धि भएको देखिन्छ । बैंकको कर्जा तथा सापट सामान्य २.२८५ ले वृद्धि भई रू. १८९ अर्र्ब २१ करोड पुगेको छ । बैंकले आफ्नो १९६ शाखा संजाललाई प्रभावकारी ढंगले परिचालन गरी उक्त वृद्धि हासिल गर्न सफल भएको छ । प्रतिकूल बजार अवस्थाका कारण बैंकको निष्कृय कर्जामा केही वृद्धि भई २.०१५ पुगेको छ जुन गत आर्थिक वर्ष १.०७५ रहेको थियो । अघिल्लो तेस्रो त्रैमासमा ३.९५५ रहेको निष्कृय कर्जा अनुपातमा उल्लेख्य सुधार गर्दै १.९४५ ले कमी आएको छ । बैंकको गैर बैंकिङ्ग सम्पत्ति रू. ६५ करोड पुगेको छ जुन गत आर्थिक वर्ष रू. २१ करोड मात्र रहेको थियो । गैर बैंकिङ्ग सम्पत्ति सकार गरेको कारणले पनि बैंकको निष्कृय कर्जामा कमि आएको हो । खुद नाफामा भएको वृद्धिले गर्दा बैंकको प्रति शेयर आम्दानी वृद्धि भई रू. २२.६४ पुगेको छ भने पूंजिमा प्रतिफल (रिटर्न अन इक्विटि) १३.५६५ रहेको छ जुन गत आर्थिक वर्षको १३.८२५ को तुलनामा झिनो अन्तरले घटेको देखिन्छ । बैंकको प्रति शेयर नेटवर्थ रू. १८०.७३ छ । सोही अवधिमा बैंकको पूंजिकोष अनुपात १२.५३५ रहेको छ । निक्षेपमा भएको वृद्धि संगै बैंकको कर्जा निक्षेप अनुपात ७७.१६५ रहेको छ र कोषको लागत ७.८२५ रहेको छ । उक्त अवधिमा बैंकको आधार दर ९.९१५ रहेको छ ।
Tags: