पाण्डवखानी समाज युकेद्वारा गायक रानालाई स्वागत ।

Image
सुरेश छन्त्याल/बागलुङ पाण्डवखानी समाज यु।के को निमन्त्रणामा कलाकार (गायक) नविन राना युके पुगेका छन्। समाजको वार्षिक भेटघाटमायुके पुगेका रानाले अगस्ट १२ मा देवी घर्तीसँग सांस्कृति कार्यक्रममा प्रस्तुति दिनेछन्। गायक राना लाई स्वागत गर्न समाजका अध्यक्ष खड्क थापा (बुढा), कोषाध्यक्ष विष्णु काउचा, सह कोषाध्यक्ष सुन्दर राना, युवा संयोजक राजेन्द्र पुन (छन्त्याल), सचिवालय समितिका अध्यक्ष दल पुन, सल्लाहाकार समिति सदस्य रामु राना, सदस्य प्रेम थापा तथा बागलुङ्गे समाज युकेका निवर्तमान अध्यक्ष छविमाया पुन रानाको स्वागतमा पुगेका थिए । स्वागतमा बसेका लाई गायक रानाले नेपालीको पहिचान झल्काउने नेपाल टोपि समेत लगाइदिएका थिए । कलाकार राना र देवी घर्ति गलकोट नगरपालिका १० पाण्डबखानीमा जन्मिएर राष्ट्रियस्तर, देश तथा विदेशमा जन्म गाउँ र आफ्नो नाम राख्न सफल भएका छन्, समाजका अध्यक्ष थापाले युके बसाई र सांगितिक यात्रा फलदायी बन्न शुभकामना कामना व्यक्त गरेका थिए ।
Tags: