सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुको क्यासब्याक

Image
काठमाडौं– सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुले क्यासब्याक अफर ल्याएको छ । डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले फुडमाण्डुसँग यस्तो सम्झौता गरेको हो । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले योजना अवधिभर प्रत्येक शनिवार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम रू. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम रू. ३०० सम्मको क्यासब्याक पाउने छन् । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्ने बताइएको छ । यो योजना साउन २० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बताइएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।
Tags: