सडक मर्मत नहुँदा रमुवाका स्थानीयलाई सास्ती

Image
सुरेश छन्त्याल/ गलकोट बागलुङ – वर्षायामको शुरुआतसँगै मोटरबाटो बिगँ्रदा गल्कोट नगरपालिका–१० पाण्डवखानी रमुवाका स्थानीयले समस्या झेल्दै आएका छन् । मोटरबाटो बिग्रँदा १४३ घरधुरी भएको रमुवाका स्थानीयले सास्ती बेहोर्दै आएका छन् । बाटो बिग्रँदा स्वास्थ्य उपचारदेखि स्थानीय उत्पादन बाहिर लगेर विक्री गर्नसम्म गार्हो भएको हो । ‘विरामी हँुदा अस्पताल समेत जानलाई ३ किलो मिटर ढाडमा बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ,’ स्थानीय चक्रबहादुर रानाले जानकारी दिए । हटिया बागलुङबाट लिएको खाद्यान्न खराब बाटोका कारण बिच बाटो बाटै स्थानीयलाई बोकाएर पसलसम्म पु¥याउनु परेकोले बुद्ध किराना पसलका सञ्चालक बुद्ध विकले जानकारी दिए । बाटो मर्मतका लागि नगरपालिकाले खासै चासो नदिएको स्थानीयको गुनासो छ । सवारीसाधन तथा पैदल यात्रा गर्न समेत कठिनाई भएपछि स्थानीयले श्रमदान गरेर बाटो मर्मतको प्रयास समेत थालेका छन् । आफ्नो उत्पादित नगदे बाली आलुसमेत विक्री गर्न नसकेको र आलु एउटै घरमा ३० मुरीभन्दा माथि उत्पादन गरेको स्थानीयको भनाइ छ । बाटो वर्षाको समय भएकोले मर्मत गर्दा पनि पटक पटक बिग्रिने गरेकोले १ वर्षसम्मको लागि कन्ट्रसनले नै काम गर्नुपर्ने भएकोले आफूले ठेकेदारलाई ध्यानाकर्षण गराएको गल्कोट नगरपालिका वडा न १० अध्यक्ष भक्त काउचाले बताए । बाटो मर्मतको लागि सघन शहरी विकास कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँको रकमलाई सर्वसिद्ध कन्ट्रसनले ठेक्कामार्फत काम गरेको थियो ।
Tags: