पब्जीसँग मिलेर वल्र्डलिंकको गेमिङ प्याकेज

Image
काठमाडौं– वर्ल्डलिंकले नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। पब्जीसँगको सहकार्यमा ई–स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ–स्पोर्टस् खेलाडीले परीक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा ई–स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ। गेमिङ प्याकेज साउन १८ गते बिहिबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिंक कम्युनिकेशन्सले जानकारी दिएको छ। वर्ल्डलिंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ। कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो।
Tags: