दाङमा उत्पादनभन्दा व्यापारमा धेरै सक्रिय

Image
दाङ– दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन् । तथ्याङ्कले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने सङ्ख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन । सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकामा दुई सय १० परिवार व्यवसायमा रहेका छन् । जसमध्ये घरेलु उद्योगमा २१।९, व्यापारमा ५० दशमलव ५, यातायातमा २ दशमलव ९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३ दशमलव ८ प्रतिशत रहेका छन् । जिल्ला सदरमुकाममा रहेको घोराही उपमहानगरपालिकामा तीन हजार ७८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् । जसमा घरेलुतर्फ १४ दशमलव ८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७ दशमलव ५, सेवा क्षेत्रमा ९ दशमलव ५ र अन्य क्षेत्रमा १४ दशमलव २ प्रतिशत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका तीन हजार ७४८ परिवारले व्यवसाय गरिरहेका छन् । जसमा घरेलुतर्फ १४ दशमलव ९, व्यापारमा ५५ दशालव १, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा १० दशमलव ४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा ६६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४ दशमलव ८, व्यापारमा ४२ दशमलव ४, यातायातमा ११ दशमलव २, सेवामा ६ दशमलव ४, अन्य क्षेत्रमा २५ दशमलव २ प्रतिशत रहेका छन् । बबई गाउँपालिकामा ४८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दङ्गीशरण गाउँपालिकामा ५३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्याङ्कले देखाएको छ । यस्तै, लमही नगरपालिकामा एक हजार एक सय १४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्याङ्कले देखाएको छ । जसमा घरेलुतर्फ १८ दशमलव ७, व्यापारमा ५६ दशमलव ७, यातायातमा ९ दशमलव ४, सेवा क्षेत्रमा ९ दशमलव २ र अन्य क्षेत्रमा ६ प्रतिशत छन् । व्यवसायमा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका एक हजार ३१८ परिवार रहेका छन् । जसमा घरेलु उद्योगमा २४ दशमलव ५, व्यापारमा ४८ दशमलव ३, यातायातमा ७ दशमलव ७, सेवामा ८ दशमलव २, अन्य क्षेत्रमा ११ दशमलव ४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको सङ्ख्या एक हजार ४ परिवार छन् । त्यसमध्ये घरेलुमा २८ दशमलव ४, व्यापारमा ४७ दशमलव २, यातायातमा १० दशमलव ९, सेवा क्षेत्रमा ५ दशमलव ८ र अन्य क्षेत्रमा ७ दशमलव ८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा चार सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२ दशमलव ८, व्यापारमा ४९ दशमलव २, यातायातमा ८ दशमलव ४, सेवामा १५ र अन्य क्षेत्रमा १४ दशमलव ६ प्रतिशत रहेको छ ।
Tags: