आइएमई पे’ मा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिङ्क गर्न मिल्ने

Image
काठमाडौं– आइएमई पे’ ले कनेक्ट आईपीएसमार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको ल्याएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सकिने बैंकले जनाएको छ। यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आईपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्ने बताइएको छ। ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्ध (क्ष्लतभचयउभचबदष्ष्तिथ) मा पनि ठुलो टेवा पु¥याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आइएमई डिजिटल सोलुसन लिमिटेड ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्।
Tags: