सामसङका टिभीकाे खरीदमा ३ वर्षको पूर्ण वारेन्टी

Image
काठमाडौं – सामसङ नेपालले यस वर्ष सामसङ टिभीमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ । यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटबाट खरीद गरिएको सामसङ टि, ए, बी र सी–सिरिजका टिभी सेटमा लागू कम्पनीको भनाइ छ । कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले अफरमार्फत ग्राहकले पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने बताए । अफर क्यूएलईडी, फ्रेम, यूएचडी, एफएचडी टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जमा लागू हुने कम्पनीको भनाइ छ । २०२३ डिसेम्बर ३१ सम्म कायम रहने यो अफर ३२ इन्चदेखि ८५ इन्चका सामसङ टिभीमा लागू हुने बताइएको छ ।
Tags: