नाडा अटो शोको स्टल निर्धारण गर्न ‘लटरी ड्र’

Image
काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२३’ को तयारी अगाडि बढाएको छ । नाडाले आइतवार स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको जानकारी दिएको छ । शोेमा सहभागी हुने सबै फर्म तथा कम्पनीले समान अवसर प्राप्त गरुन् भन्ने उद्देश्यले लटरी ड्रमार्फत स्टलको वितरण गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए । स्टल बुकिङका लागि नाडाले यसअघि सूचना समेत प्रकाशित गरिसकेको बताइएको छ । अटो शोमा विगतमा भन्दा अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको उनले बताए । ‘प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ, ’ उनले भने, ‘गएका तीन वर्ष विभिन्न कारणले शो आयोजना हुन नसकेको अवस्थामा बहुप्रतिक्षित अटो शोमा अटोमोबाइल कम्पनीहरूको आकर्षण बढेको हो ।’ प्रर्दशनीमा विद्युतीय सवारीसाधन, विभिन्न ब्राण्ड तथा मोडेलका सवारीसाधन तथा त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्ट्स, स्पेयर पार्ट्स, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरण लगायतका सामग्री राखिने महासचिव उप्रेतीले जानकारी दिए । कूल ८२ स्टल प्रदर्शनीमा रहने उनको भनाइ छ । जसमध्ये चारपाँगे्र सवारीसाधन १७, दुईपाँगे्र २३, कमर्सियल सवारीसाधन ६, बैंक तथा वित्तीय संस्था ५, स्पेयर पाटर््स, टायर लुब्रिकेन्ट्स, कम्पोनेण्ट र एसेसरिजका ३१ स्टल रहने बताइएको छ । विभिन्न कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय केही चलायमान हुने अपेक्षा नाडाको छ । नाडा अटो शोको योे १५औं संस्करण रहेको बताइएको छ । शो भदौ २६ देखि ३१ सम्म काठमाडांैको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसर गर्ने नाडाको तयारी छ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीले सवारीसाधनको विक्रीमा विभिन्न छूट र सुविधासहितका प्याकेज ल्याउने बताइएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसले गर्दैछ।
Tags: