लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप र दुई गुणा बढी सेक्योरिटी अपडेटको साथ नोकिया जी २१

Image
काठमाडौं – नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री लाईफ रहेको ग्लोबलले जनाएको छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् ।एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरका अनुसार प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ । बनावट मात्र बलियो नभै यसको ओयस् र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलाएको आभास हुने उनको भनाई छ । मोबाइल प्रविधिमा लामो समय सम्म टिकाउ र अतुलनीय सुरक्षा महत्त्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहीचान गरी अनलक गर्न सक्छ । एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरू सबै सहजै उपलब्ध छन् । ६÷१२८ जिबी स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. २२,९९९ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।
Tags: