‘माधव सर’ पुस्तकको लोकार्पण

Image
काठमाडौं– वाम बुद्धिजिवी माधवप्रसाद मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण गरिएको छ । पुस्तकको आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकापर्ण गरेका हुन् । पुस्तक घोष्टराइटिङले प्रकाशित गरेको हो । आमा मुक्तकुमारी मरहठ्ठा र बुवा शेषरमण मरहठ्ठाको कोखबाट २०१० साल श्रावण १४ गते गोरखा नगरपालिका–७ मा जन्मिएका मरहठ्ठा नेपालको कम्युनिस्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताका गुरू भएको कार्यक्रममा स्मरण गरियो । नेपालको कम्युनिस्ट आन्दोलन एवं मुख्यतः विकास र क्रान्तिको शान्तिपूर्ण रूपान्तरणको यात्रामा उनले खेलेको भूमिका र योगदान समकालीन राजनीतिक परिवर्तनका दृष्टिले मात्र नभएर विचार निर्माण र कम्युनिस्ट आन्दोलनको आउँदो पुस्ताका निम्तिसमेत अत्यन्तै महत्वपूर्ण र स्मरणीय हुने वक्ताहरूले बताए । बहुमुखी प्रतिभाका धनी मरहठ्ठा वामपन्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै क्रान्तिकारी जनमत निर्माण र कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै उनले साहित्य, शिक्षा, समाजसेवा र साहित्यका विविध विधामा आफूलाई स्थापित गर्दै समाजमा अतुलनीय योगदान भएको मानिन्छ । उनको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने वक्ताहरूको भनाइ थियो ।
Tags: