हिताचीमा नयाँ उत्पादन नेपाली बजारमा

Image
काठमाडौं–नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले नयाँ होम अपलायन्सका उत्पादन नेपाली बजारमा ल्याएको छ । अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले संयुक्त रूपमा हिताचीका नयाँ उत्पादन सार्वजनिक गरेका थिए । कम्पनीले नविन प्रविधियुक्त वासिंग मेसिन (दुई किसिमका), डबल–डोर फ्रिज र राइस कुकरसहित चारओटा नयाँ हिताचीका उत्पादन बजारमा भिœयाएको हो । युनिभर्सल इलेक्ट्रोकमले हिताचीको नयाँ उत्पादन अत्याधुनिक सुविधा र प्रयोगकर्ता–अनुकूल डिजाइन गरिएको बताएको छ ।
Tags: