आइएमई पेबाट हवाई टिकट काट्दा २०० क्यासब्याक

Image
काठमाडौं–आइएमई पेले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रू. २०० क्यासब्याक पाउने बताइएको छ । यो अफर साउन २६ सम्म चल्नेछ । उक्त छूट पेमा जोडिएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त हुने कम्पनीको भनाइ छ । योे अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साविकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छूटसहित अहिलेको क्यासब्याक थप पाउने बताइएको छ ।
Tags: