समृद्घि फाइनान्सले साउनभर रुख रोप्ने

Image
काठमाडौं–समृद्घि फाइनान्सले साउन महीनाभरमा विभिन्न ठाउँमा वृक्षरोपणको गर्ने भएको छ । संस्थाका सबै शाखामार्फत वृक्षरोपण गर्ने योजना अनुसार यसको शुरुआत गरिएको हो । संस्थाले शनिवार हेटौंडा र पोखरा शाखामार्फत वृक्षरोपण कार्यक्रम गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०÷८१ का हरेक महीनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम गरिने जानकारी दिएको छ । संस्थाले १३ शाखामार्फत कारोबार गर्दै आएको छ । आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ डेबिट कार्ड, क्यूआर कोड लगायत डिजिटल सुविधा संस्थाले प्रदान गरिरहेको बताइएको छ ।
Tags: