सानिमा बैंकले दिने ‘सानिमा फाइभ इन वन’ सेवामा के छ ?

Image
काठमाडौं – सानिमा बैंकले ‘सानिमा फाइभ इन वन’ सेवा सार्वजनिक गरेको छ । यो सेवा ‘सानिमा थ्री इन वन’को परिष्कृत रूप भएको बताइएको छ । यस सेवामा बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि–आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकको भनाइ छ । बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेबसाइटमा उपलब्ध अनलाइन प्लेटफर्ममार्फत डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि–आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरीद तथा विक्री गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
Tags: