एनएमबी बैंकका ग्राहकलाई ब्लुबर्ड मलमा छूट

Image
काठमाडौं– एनएमबी बैंकका ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र एनएमबी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख गणेश पराजुलीले हस्ताक्षर गरेका छन् । योसँगै एनमबी बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउनेछन् । क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
Tags: