पाण्डवखानीका ३४१ जनाले पाए सामाजिक सुरक्षा भत्ता

Image
सुरेश छन्त्याल/ बागलुङ गलकोट नगरपालिका १० पाण्डवखानीको वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम ग्लोबल आइएमई बैंक शाखा कायाृलयमार्फत सम्पन्न गरेको छ । जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, अपांग बालबालिका र पूण अपांग गरी ३४१ जनालाई रू.३५ लाख बराबरको भत्ता वितरण गरिएको बैंकका प्रमुख श्याम ढकालले जानकारी गराए। वर्षादको समयमा बाटो अवरुद्घ हुदा रमुवा गाउँमा पुग्न नसकेका केही लाभग्राहीको सबै कागजात सहित ३५ जनाको रकम वडा सदस्य कुमार पुनलाई जिम्मा दिएको वडा अध्यक्ष भक्तबहादुर काउचाले जानकारी गराए। त्यस्तै साउन १ गते देखि सुचारु भएको लाभग्राहीको नविकरण भदौ मसान्तसम्म संचालन हुने र नविकरण गर्न छुटेमा लाभग्राहिहरुले आर्थिक वर्ष २०८०/८१ मा पाउने सामाजिक सुरक्षा भत्ता नपाउने सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिए ।
Tags: