म्यानुफ्याक्चरिङ सेक्टरतर्फ उत्कृष्ट कोकाकोला– ‘गोल्ड अवार्ड’

Image
काठमाडौं – बोटलर्स नेपाल ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२२’ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त सम्मानमा म्यानुफ्याक्चरिङ सेक्टरतर्फ ‘गोल्ड अवार्ड’ बाट कम्पनी सम्मानित भएको हो । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएका विशिष्ट प्रस्तुति, जवाफदेहिता, र पारदर्शिताका लागि उक्त अवार्ड प्रदान गरिएको बताइएको छ । बोटलर्स नेपाल (तराई) लिमिटेडलाई सोही सम्मानमा आईक्यानद्वारा ‘मेरिट अवार्ड’ प्रदान गरिएको थियो । कम्पनीले आफ्ना वितरक, ग्राहक, शेयर होल्डर, सरोकारवालासँग अपनाउनुपर्ने पारदर्शिता प्रति सचेत रहेको बताएको छ । उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीका वित्तीय नियन्त्रक अशोक मण्डललाई प्रदान गरेका थिए ।
Tags: