‘युवाका मनोसामाजिकदेखि कार्यस्थलका समस्या समेत मेरा प्राथमिकता’–विक्रम बज्यु तामाङ

Image

एनआरएनए दक्षिण कोरिया विक्रम बज्यु तामाङ युवा संयोजक पदका उम्मेदवार काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि जुलाई २९ र ३० मा नवौं महाधिवेशन तथा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । नयाँ कार्यसमितिमा जानको लागि धेरैले आकांक्ष देखाई प्रतिस्पर्धामा जाने भएका छन् । यसै मध्येमा युवा अभियान्ता विक्रम बज्युले युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । नेपाली समुदायमा समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावानाका साथ कोरियामा प्रवासी नेपालीको समस्या समाधान खट्ने व्यक्तिको रूपमा पहिचान बनाएका बज्यु आफूले संस्थागत सहभागितामार्फत योगदान दिने प्रयत्नमा छन् । त्यसो त उनको सामाजिक संलग्नता बढी नै छ । उनी मार्सल आर्ट खेलाडी एवं अन्तरराष्ट्रिय प्रशिक्षक, रेफ्री समेत हुन् । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका उपाध्यक्ष एनआरएनए ख्याङ्गी इन्छन क्षेत्रीय सचिव एवंम खेलकुद तथा प्राबिधिक विभाग प्रमुख तथा मकवानपुर कोरिया समाज(दक्षिण कोरिया )का सचिव भइसकेका बज्यु गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई वर्ष युवा संयोजकको काम गर्न उपयुक्त पात्र मानिन्छन् । यस्ता छन् उनका प्रतिवद्धता – संस्थालाई आवश्यकता अनुसार र माग अनुसार काम गर्न गराउन प्रतिवद्ध रहँदै संस्थालाई सोही अनुसार क्रियाशिल बनाउने । – एक्काइसौं शताब्दीको विचार र युवा दायित्ववारे युवाहरूसँग सम्वाद ,पछिल्लो ज्ञान विज्ञान र देशको आन्तिरक र बाह्य जटिलता बोध गराउन विभिन्न अभिमुखीकरण गोष्ठी एंव तालिमहरु सञ्चालन गर्ने । –युवा समुदायमा बढ्दै गएको मानसिक समस्या, तनाव एवं बढ्दो आत्महत्या न्यूनीकरणको लागि मानसिक समस्या न्यूनीकरण तथा तनाव व्यवस्थापन सम्बन्धी परामर्श एंव उत्प्रेरणात्मक सेमिनारको आयोजना गर्ने । – कोरियामा मजदुरको हक अधिकारको निम्ति लड्ने माइग्रन्ट ट्रेड युनियनसँग समन्वय एवम सहकार्य गरी श्रमिकहरुको हरेक समस्याहरुको समाधान गर्ने । – नेपाली विद्यार्थीको उच्च शिक्षाको लागि आकर्षक गन्तव्य बनिरहेको कोरियामा उनीहरूको समस्या पहिचान गरी समस्या समाधानको लागि योजना तथा कार्यान्वयन गर्ने गराउने – आकस्मिक तथा औद्योगिक दुर्घटनाबाट मानवय तथा आर्थिक क्षति न्यूनिकरणका लागि दीर्घकालिन समाधान खोजिने । – खेलकुद विभाग खडा गर्नेः– कोरियामा बढ्दो युवाहरु हरुको अगमनसँगै बढ्दो खेलप्रती देखिएको वेगलाई निरन्तरता दिन खेल पहिचान गरी जस्तैः फुटबल ,भलिबल, क्रेकेट र कराते मार्सलआर्ट तयार गरी बेला बेलामा खेलकुद कार्यक्रम गर्ने विशेष तालिम को व्यवस्था गर्ने साथै नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय एंव अन्तरराष्ट्रिय प्रतियोगितामा खेलाडीलाई कोरिया बाट सहभागिता गराउने। – खेल प्रेमी युवाको इच्छा ,आकांक्षा र उत्साह लाई जिवित राख्न प्रत्येक बर्ष विभिन्न विधाका खेलकुद कार्यक्रम आयोजना गर्ने ।

Tags: