गैरआवासीय नेपाली संघ मकाउमा भिमसेन श्रेष्ठ (रुस्तम)

Image
काठमाडौं – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको अध्यक्षमा भिमसेन श्रेष्ठ (रुस्तम) सर्वसम्मत चुनिएका छन् । परिषद्को आठौं अधिवेशनले श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चुनेको हो । शनिवार सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा शिव थापा, निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिंह सुनार, महासचिवमा अमृत गुरुङ, सचिवमा रविन्द्र महर्जन र धिरेन सिटौला, कोषाध्यक्षमा दिपक तामाङ, सह–कोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल, महिला संयोजकमा सञ्जु नगरकोटी चयन भएका छन् । त्यस्तै संघको सदस्यमा अमृत गौतम, हर्क जंग गुरुङ, सम्झना भुसाल, मणि गुरुङ, सन्दीप पनेरु, सुमन तामाङ, सन्तोष रिजाल, सचिन कपाली, दिलीप खड्का र डिल्ली बहादुर खड्का चयन भएका छन् ।
Tags: