के सपना देख्न हैसियत हुनुपर्छ ?

Image

मेधा अधिकारी – रिचमण्ड इन्टरनेशनल कलेज कलंकी काठमाडौं आकाशमा जहाज उडेको देख्दा, लाग्छ, म पनि त जाने छु एकदिन सपनाको भारी बोकेर यो सब छाडी कतै टाढा.............! तर सजिलो छैन यात्रा बाँधिएकी छु, वचन र बन्धनले । प्रफुल्लित बन्छ मन जब चुलिन्छन् मनमा आकांक्षा र थपिन्छन् एकाएक चाहाना सम्झेंर मन रोएर आउँछ, त्यतिबेला जतिबेला बाबा भन्नुहुन्छ ‘छोरी सपना देख्न हैसियत हुनुपर्छ’ ।। मनभरी रहर सजिएको छ र थुप्रिएको छ सपना पूरा गर्ने अठोट पूरा गर्नुछ एक दिन सपनामा आँट भरेर बाबा थप्नुहुन्छ त्यही वचन ‘छोरी सपना देख्न हैसियत हुनुपर्छ’ ।।। भारी मन र उदास अनुहार बोकेर गमिन्छु, एकान्तमा कति दिनुपर्छ आँटमाथि परीक्षा कति झेल्नुपर्छ तगारा ? साँच्चै बाबाले भने जस्तै ‘के सपना देख्न पनि हैसियत हुनुपर्छ ?’

Tags: