बिना प्रतिस्पर्धा पूरानै व्यापारीलाई स्टल भाडामा दिएपछि धर्ना (फोटोफिचर)

Image
काठमाडौं – राष्ट्रिय किसान सञ्जालले साेमवार कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय अगाडी १ घण्टा धर्ना दिएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बिना प्रतिस्पर्धा पूरानै व्यापारीलाई बजारका सटर र स्टल पुनः नविकरण गर्ने निर्णयका विरुद्ध धर्ना दिइएको सञ्जालकी महासचिव सरिता भुसालले जानकारी दिइन् । १२ बजेदेखि १ बजेसम्म गरिएको धर्ना कार्यक्रममा करीब ३ सय जनाभन्दा बढीको उपस्थिती रहेकोे बताइएको छ । समितिले गरेको निर्णय फिर्ता नगरेसम्म धर्ना जारी रहने महासचिव भुसालको भनाइ छ ।
Tags: