‘एक पटकको नेपाली सधैको नेपाली’ को मूलमन्त्रलाई स्थापित गराउन लाग्छु-रामहरी अधिकारी

Image

रामहरी अधिकारी महासचिव गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् , अमेरिका काठमाडौं– रामहरी अधिकारी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको महासचिवमा निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमाबाट सन् २०२३– २०२५ का लागि महासचिवमा निर्वाचित भएका हुन् । निर्वाचित भएपश्चात उनले आफूलाई जिम्मेवारीमा लैजाने सबै प्रति कृतज्ञता प्रकट गरेका छन् । ‘एक पटकको नेपाली सधैको नेपाली’को मूल मन्त्रका साथ स्थापित हामी सबैको साझा संस्था एनआरएनएलाई थप मजबुत र नेपाली भाषीको बृहत्तरहितमा काम गर्ने दायित्व आफूले महसुस गरेको उनको भनाइ छ । उनले नागरिकताको निरन्तरताका लागि थप प्रयास र नेपाल सरकारसँग यस पहलका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता उनले गरेका छन् । जनस्तरबाट प्राप्त सुझावलाई मनन गर्दै एनआरएनएको अभियानमा जोडिएका सम्पूर्ण अभियान्तासँग सहकार्य गर्ने र उपविजेताहरूसँग समेत सहकार्य गर्ने उनको भनाइ छ ।

Tags: