टाटा माटर्सको ‘मनसुन म्याजिक’ एक्स्चेन्ज क्याम्प

Image
काठमाडौं – सिप्रदीले सोमवारदेखि टाटा मोटर्स शोरुमहरूमा ‘मनसुन म्याजिक’ नामक एक्सचेन्ज क्याम्प शुरू गर्ने भएको छ । एक हप्तासम्म चल्ने क्याम्पमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कार विद्युतीय गाडी (ईभी)सँग साट्न सकिने कम्पनीले जानकारी दिएको छ । क्याम्पमा जुनसुकै ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभीसँग साट्न सकिने बताइएको छ । त्यस्तै क्याम्पमा न्यूनतम चार लाखको गाडी मूल्यांकन, इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा, गाडीसम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श र नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहारको दिईने कम्पनीको भनाइ छ । एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने बताइएको छ ।
Tags: