एनसेलका कम्बो प्याकमा अब ‘अन नेट र अफ नेट’ सुविधा

Image
काठमाडौं – एनसेलका ग्राहकले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रूपमा डेटा र एसएमएस सेवाको सुविधा लिन सक्ने भएका छन् । एनसेलले ‘अन नेट र अफ नेट’ दुबै सेवाको फाइदा लिने गरी कम्बो प्याक सञ्चालनमा ल्याएको बताएको छ । अफ नेटमा एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायकका नम्बरमा सुलभ दरमा कल गर्न सकिने ‘अल नेट कम्बो प्याक’ ल्याइएको बताइएको छ । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस सेवा करसहित रू. ९९८ मा पाइने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले प्रतिदिन १ जीबी डेटा, २०० एसएमएससहित ‘अन नेट कम्बो प्याक’ अनलिमिटेड सेवा करसहित मात्र रू. ७९८ लाग्ने कम्पनीको भनाइ छ । यी दुबै कम्बो प्याकको समयवधि २८ दिन रहेको बताइएको छ ।
Tags: