कामनाको १२.१२ प्रतिशतमा धितोको ८० प्रतिशतसम्म कर्जा

Image
काठमाडौं – कामना सेवा विकास बैंकले कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १२ दशमलव १२ प्रतिशत ब्याजदरमा विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउने भएको हो । बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरीद गर्दा बैंकले १२ दशमलव १२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको हो । घर निर्माण कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड रुपैयाँ सीमाभित्र रहने गरी धितो मुल्यांकन रकमको ६० प्रतिशतसम्म कर्जा र सरल व्यापार कर्जामा ८० प्रतिशतसम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरी कर्जा पाइने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले जानकारी दिए । त्यस्तै गरी विद्युतीय सवारीसाधन खरीदमा खरीद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलव्ध हुने वैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।
Tags: