माछापुच्छ्रे बैंकको ‘भ्वाइस बक्स प्रविधि’ , कारोबारको जानकारी अब भ्वाइस कलबाट पनि

Image
काठमाडौं । माछापुच्छ्रे बैंकले क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स’ प्रविधि ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानबाट यसको शुरुआत गरिएको बताइएको छ । अब बैंकका ग्राहकले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगसँगै ध्वनीमार्फत पनि पाउने भएका छन् । यसले सेवाग्राही तथा मर्चेन्टमाझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने बैैंकले अपेक्षा गरेको छ । हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जानकारी दिएको छ । डिजिटल भुक्तानी सुविधालाई सहज बनाउने गरी ग्राहकका लागि नवीन उत्पादन र सेवा ल्याउन सधैं तत्पर रहेको बैंकको भनाइ छ ।
Tags: