कामना सेवाका ग्राहकलाई लिसाराका सेवामा छूट

Image
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई काठमाडौंको नक्सालस्थित लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनले छूट दिने भएको छ । बैंक र रेष्टुरेन्टबीच बिहीवार भएको सम्झौतामा बैंकका ग्राहकलाई रेष्टुरेन्टका सेवामा १० प्रतिशतसम्मको छूट दिने उल्लेख छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।
Tags: