मृर्गौला पीडित पुनलाई पाण्डवखानी समाज युकेको सहयोग

Image
सुरेश छन्त्याल/बागलुङ गलकोट नगरपालिका–१० पाण्डवखानीका ५९ वर्षीय भक्तबहादुर पुनलाई पाण्डवखानी युकेले थप उपचारका लागि सहयोग गरेको छ । पाण्डवखानी समाज युकेका अध्यक्ष खडक थापाको नेतृत्वमामा उठेको रकम रू. १ लाख ७० हजार १७० संविधानसभा सदस्य निरज पुन, वडा अध्यक्ष भक्तबहादुर काउचाले पीडित पुनलाई हस्तान्तरण गरेका हुन् । पुनको करीब ८ वर्षदेखि दायाँ भागको मृर्गौला फेल भएको र पोखराको न्युरोडमा रहेको पठ्म श्री अस्पतालमा उपचार गराइरहेका छन् । वडा अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षतामा संविधानसभा सदस्य निरज पुन, समाजसेवी मानसिह छन्त्याल,निवर्तमान अध्यक्ष तिलक घर्ति, महिला जागरण केन्द्र अध्यक्ष राधिका पुन, प्रध्यानापक नवीन सुनार, टोल संस्था संयोजक पृर्थबहादुर श्रीस, सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था प्रबन्धक दिप घर्ति, पत्रकार सुरेश छन्त्याल, ठाकुर तिमिल्सिना लगायत सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।
Tags: