सानिमाले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेककोे अनलाइनमार्फत आधिकारिक दिने

Image
काठमाडौं – ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेककोे लागि भौतिक रूपमै बैंकमा उपस्थित हुनुपर्ने समस्या अब अन्त्य भएको छ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेककोे अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुआत गरेको हो । बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर स्कयान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिने निक्षेप प्रमुख सन्ज्यालले जानकारी दिए । ‘बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ,’ उनले भने । यस सुविधाको सुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास छ । बैंकले सातै प्रदेशमा १३२ ओटा कार्यालय र १२२ आटा एटीएममार्फत सेवा दिँदै आएको छ ।
Tags: