‘निर्यात प्रवद्र्धनमा प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोज जरूरी’ : अध्यक्ष मल्ल

Image
काठमाडौं –नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकभित्र रहेका प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन् । चेम्बरले अन्तरराष्ट्रिय व्यापार पहु“च एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई दिएको प्रशिक्षण कार्यक्रमको समापन गर्दै यस्तो बताएका हुन् । उनले आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणा सम्मले वृद्धि भएको बताए । ‘आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धनका लागि युवा उद्यमीलाई आर्कषित गराउन आवश्यक छ ,’ उनले भने । मुलुकभित्र प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग गरेर वस्तु उत्पादन एवं निर्यात प्रवद्र्धनका लागि चेम्बरले आफ्नो लोगो उपलव्ध गराउने समेत अध्यक्ष मल्लले प्रतिवद्धता जनाए । निर्यात अभिवृद्धिका लागि भन्सार सहजीकरण एवं मुख्य मुख्य नाकामा अन्तरराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्नेमा उनले जोड दिए । निर्यात प्रवद्र्धनका लागि उत्पादितवस्तुको प्याकेजिङ र ब्राण्डिङमा समेत चेम्बरले सहयोग गर्ने उनको भनाइ थियो । अन्तरराष्ट्रिय व्यापार पछिल्लो समय डिजिटलयुक्त बन्दै गएकाले अनलाईन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्नेमा उनले जोड दिए । चेम्बरले व्यापार सहजीकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने उनले प्रष्ट पारे । बजारमा भन्सारको प्रक्रिया, निर्यातजन्यवस्तुको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा चेम्बरले करिब ५० जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले ४ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
Tags: