रोटरी क्लब अफ गोंगवुको आठौं पदस्थापना कार्यक्रम

Image
काठमाडौं– रोटरी क्लब अफ गोंगवुको आठौं पद पद हस्तान्त्रण तथा सपथ ग्रहण कार्यक्रम (आज) शुक्रवार सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच रोटरी क्लब अफ गोंगवुको रोटा एयर २०२३/२४ का प्रेसिडेन्ट रोटरीयन निर्मल प्रसाद न्यौपाने लगायत पदाधिकारी तथा अन्य बोर्ड मेम्बरले पद ग्रहण गरेका छन् । प्रेसिडेन्ट न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि आरआई ३२९२ नेपाल भुटानका डिष्ट्रिकका गभर्नर रोटरीयन राजेन्द्र प्रसाद धोजुले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । अन्य पदाधिकारी तथा प्रेसिडेन्ट न्यौपानेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । रोटा एयर २०२३÷२४ का लागि रोटरीयन काशीराम बस्याल सेक्रेटरी, रोटरीयन हरेराम लामिछाने प्रसिडेन्ट इलेक्ट, रोटरीयन राजाराम फुँयाल प्रेसिडेन्ट नेमेनी, रोटरीयन विनोद कार्कीले भाइस प्रेसिडेन्टको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै रोटरीयन प्रेम पुन्थोकी ट्रेजरर, रोटरीयन कविता मानान्धर सर्भिस प्रोजेक्ट चियर, रोटरीयन अनुज श्रेष्ठ फाउण्डेसन चेयर, रोटरीयन केदार कोइराला पब्लिक इमेज चेयर, रोटरीयन मञ्जु पुडासैनी सर्जेन्ट एट आर्म, रोटरीयन धर्मराज मगर क्लब एडमिन चेयर र रोटरीयन गुमादेवी शर्माले मेम्बरसिप चेयरको पद ग्रहण गरेका छन् । डिस्ट्रिक्ट प्रसिडेन्ट धोजुले रोटरीमा सदस्य संख्या बढाउनुभन्दा पनि सदस्यको सक्रियतालाई आफूले प्राथमिकतामा राखेको बताए । उनले रोटरीले परिवर्तन गर्न चाहेको उल्लेख गर्दै परिवर्तन जमातबाट मात्र सम्भव नहुने बताए । उनले रोटरीले आयआर्जनलाई प्राथमिकता दिने उल्लेख गर्दै समाजमा केही गरौं भन्ने योजना भएकालाई सहयोग गर्नुपर्ने बताए । उनले रोटरीसँग समाजले आशा बोकेको र त्यो आशालाई बास्तविकतामा बदल्न लाग्नुपर्ने बताए । कार्यक्रममा एसिस्टेन्ड गभर्नर डा. विष्णुप्रसाद गौतमले समाजमा सहयोगको खाँचो रहेको भन्दै रोटरीको सान्र्दभिकता बढेर गएको बताए । उनले रोटरीको अहिलेको नारामा उल्लेख भएको ‘क्रियट होप द वल्र्ड’को मान्यतालाई स्थापित गर्न लाग्नुपर्ने बताए । पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले रोटरी क्लव अफ गोंगवुले अगाडि सारेका योजनाको जानकारी दिँदै आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममामा वर्ष २०२२÷२३ मा गरेका कार्यक्रमहरुका बारेमा निवर्तमान सचिव अनुज श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा क्लवका गतिविधिमा योगदान पुराउने सदस्य तथा अतिथिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
Tags: