रगतको अभाव टार्न अन्तरक्रिया

Image
काठमाडौं–रक्तसञ्चार सेवा : समस्या र समाधान विषयक विचार गोष्ठी नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमहरु अन्र्तगत ब्लड डोनर्श एशोसियसन नेपाल ब्लोदान र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको संयुक्त आयोजनामा गोष्ठीको आयोजना गरिएको हो । रगतको सहज व्यवस्थापनका लागि सरोकारवालाको समन्वयमा जोड दिदै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले शुल्क तथा सेवामा देशव्यापी एकरुपता ल्याउनु पर्नेमा जोड दिए । स्थानीय सरकार र जनप्रतिनिधिहरुको सहयोगमा रक्तसञ्चार क्षेत्रको थप विकासमा ध्यान दिनका लागि पनि निर्देशक पौडेलले जोड दिए । डाक्टरहरुले पनि विरामीहरुको लागि आवश्यक रगत मात्रै माग्ने र प्रयोग नहुने सुनिश्चित भएका रगत तत्कालै अस्पताल फिर्ता पठाउन सके रगतको केही सहज व्यवस्थापन हुने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. अमित श्रेष्ठले बताए । प्रसुति गृह थापाथलीको रक्तसञ्चार सेवाका प्रमुख परशुराम दाहालले निश्चित पालिकाहरुले मात्रै नभएर देशव्यापी रुपमै रगत निशुःल्क उपलब्ध गराउनका लागि पहल गर्नुपर्ने कुरामा जोड दिए । साथै सामाजिक सञ्जालमा आउने रगत तथा रक्तदानका सूचना र जानकारीहरुको पनि एक रुपता कायम गर्न र निश्चित निकायबाट मात्रै सम्प्रेषण हुने व्यवस्था मिलाउन आग्रह गरे । रगत नपाए भक्तपुर जानु भन्ने नारा चलाइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउनका लागि जिल्लाका सरोकारवालाहरुसँगै मिलेर काम गरिरहेको भक्तपुर शाखाका मन्त्री परशुराम पाण्डेले बताए । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तसञ्चार सेवाका समस्याहरु सामूहिक भएकाले निकास पनि सामूहिक रुपमा खोज्नुपर्ने बताए । नेपाल रेडक्रसको पहिलो चिनारी रक्तसञ्चार सेवा र दोस्रोमा विपद् व्यवस्थापन रहेको बताउँनु हँुदै कार्यकारी निर्देशक ढकालले सबैको सहयोगले नै कोभिड महमारीको समयमा पनि रक्तसञ्चार सेवा निरन्तर सञ्चालन गर्न सकेको बताए । उनले सुलभ, सहज र गुणस्तरीय रगतको व्यवस्थापनमा नेपाल रेडक्रस प्रतिवद्ध रहेको सो अवसरमा दोहो¥याए । ब्लड डोनर्श एशोसियसन नेपाल ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले जस्तोसुकै परिस्थितिमा पनि विरामीका लागि रगत उपलब्ध गराउन ब्लोदान तयार रहेको बताउँदै सबैसँग हातेमालोका लागि आव्हान गरे । निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने अध्यक्ष प्रजापतिको भनाई थियो । गोष्ठीमा ब्लोदानका पदाधिकारी, रक्तदाताहरु, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र केन्द्रीय रक्तसञ्चार सेवाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Tags: