‘स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक’

Image
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बेलायतबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउन दत्तचित्त भएर लाग्नुपर्ने बेला आएको बताए । ‘सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि जरूरी भएकाले स्वास्थ्य मन्त्रालयले यसलाई अघि बढाएको छ, ’ मन्त्री बस्नेतले भने । यसवर्ष ‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि डिजिटलीकरण’ नारासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो दिवस मनाएको हो । कार्यक्रममा मन्त्री बस्नेतका जनस्वास्थ्य सल्लाहकार विश्वरूप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणालीमार्फत हुनुपर्नेमा जोड दिँदै एकद्वार प्रणाली पूर्णरुपमा लागू नभएकाले मन्त्रालयका महाशाखापिच्छे फरक–फरक तथ्यांक आउने समस्या रहेको बताए । मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउँदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानुपर्ने आवश्यकता आँैल्याए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने दाबी गर्दै मन्त्रालयले यस विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महासाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रूपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका निर्वाह गर्ने भएकाले वर्षैभरि डिजिटल स्वास्थ्य दिवस मनाउनुपर्ने आवश्यकता रहेको बताए । रासस
Tags: