प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले गरिन् सपथ ग्रहण

Image
काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छिन् । उनलाई मंगलवार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । साउन १ मासंचालक उमेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो । अमेरिकाबाट साइवर सेक्यूरिटीमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुपअन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसी अनुभव हासिल गरेकी छिन् । आषाढ २९ गतेबाट एकीकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय सञ्चालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् । स्वतन्त्र सञ्चालक मनोनयन हुन बाँकी रहेको बताइएको छ ।
Tags: