सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छूट

Image
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने क्रममा विशेष सम्झौता गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका ग्राहकले काठमाडौंको तिनकुनेमा अवस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशत छूट पाउने छन् । यसैगरी ललितपुरको भैसेपाटीमा अवस्थित अर्बन स्माइल डेन्टल केयर प्रा.लि. का सेवामा अधिकतम २५ प्रतिशत सम्म छूट पाउने बताइएको छ । साथै ग्राहले काठमाडौंको न्यूरोडमा अवस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवामा पनि अधिकतम २५ प्रतिशत सम्म छूट पाउने छन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका १८८ शाखा, १४५ एटिएम ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ्ग इकाईबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।
Tags: