सानिमा बैंकका ग्राहकलाई दराजको ‘दराज महावचत योजनामा’ छूट

Image
काठमाडौं – सानिमा बैंकका ग्राहकले दराजको ‘दराज महावचत योजनामा’ छूट पाउने भएका छन् । यो योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरीद गर्दा छूट पाउने भएका हुन् । ग् राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रू. १ हजारसम्मको छूट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. १ हजार ५०० सम्मको छूट पाउने बताइएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो योजना साउन ४ देखि साउन १४ सम्म ११ दिनका लागि लागू हुने बताइएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम संचालनमा रहेका छन् ।
Tags: