छायाँनाथ राराको अभियान ‘एक मुख दश रुख’

Image
राज्यश्वोर मल्ल मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाले ‘एक मुख दश रुख’ को अभियान सञ्चालन गरेको छ । नगरपालिका भित्र बाढी पहिरोको रोकथाम तथा हरित नगर बनाउने उद्देश्यका साथ छायाँनाथ रारा नगरपालिकाकाले ‘एक मुख दश रुख’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले ‘एक मुख दश रुख’ नगरपालिकाको अभियान भएकाले यस अभियानमा लाग्न सबै नगरबासीलाई अनुरोध समेत गरे । दुई हप्ता अघि पहिलो पटक रेडक्रस देखि चैन खोलासम्मको सडकमा ५ सय विरुवा रोपेर वृक्षारोण गरिएको र दोस्रो पटक गत शनिवार पहिरो जाने स्थान छत्तेलवाडा देखि माथि चैनखोला सम्म १ हजार बिरुवा रोपेर वृक्षारोपण गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले नीति तथा कार्यक्रममा ‘एक मुख दश रुख’ हरित नगर बनाउने अभियान सञ्चालन गर्ने नीति अनुसार हरेक शनिवार श्रमदानबार भएकाले वृक्षारोण गरिएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णु कुमार भामले बताए । उनका अनुसार गतबर्वाको अविरल वर्षासँगैको बाढी पहिरोले मुगु जिल्ला क्षतविक्षत भएको छ । त्यस्ता पहिरो जाने स्थानमा पहिरो रोगथामका लागि वृक्षारोण गरिने र विशेष गरी हरित नगर बनाउने उदेश्यका साथ छायाँनाथ रारा नगरपालिकाले ‘एक मुख दश रुख’ अभियान संचालन गरिको नगर प्रमुख भामले बताए । वृक्षारोपण अभियान शुभराम्भ भए संगै अब प्रत्येक नागरिकले अनिवार्य आफनो गाउँ टोल सार्वजनिक स्थलमा एक जना नागरिकले १० रुख लगाउनु पर्नेछ । जिल्लाका सरकारी कार्यालय,संघ संस्था, विद्यालय, स्वास्थ्य संस्थाले आफनो कार्यालय परिसर तथा सार्वजननिक स्थल सबैमा आफुलाई पायक पर्ने स्थानमा एक जना व्यक्तिले १० रुख विरुवा अनिवार्य रोप्न नगरपालिकाले प्रत्रचार समेत गरेको छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले बताए । वृक्षारोपण अभियान कार्यक्रममा वडा अध्यक्ष,नागरिक समाज,राजनैतिकदल पत्रकार सबैले साथ दिएका छन । यसैबीच छायाँनाथ रारा नगरपालिकाले टुक्रे योजना कमाई खाने माध्यम मात्र भएकाले टुक्रे योजना बन्द गरी साना योजना श्रमदान बाट गर्ने अभियान सञ्चालन गरेको छ । नगरप्रमुख विष्णु कुमार भामको अगुवाईमा बर्सपाक निमार्ण, चैन खोला गोरेटो बाटो निमार्ण झयारी गमगढी खानेपानी मर्मत, बोटुधारा बिश्रामस्थल चौतारा निमार्ण,धउल्या धारा बिश्रामस्थल निमार्ण र ढुम साउने धारा गोरेटो बाटो निमार्ण श्रमदान बाट निमार्ण भएका छन । आगामी दिनमा पनि श्रमदान अभियानलाई निरन्तता दिदै साना योजना श्रमदान बाट निमार्ण गर्ने अभियानमा लागी पर्ने नगरप्रमुख भामको भनाई छ ।
Tags: