छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष तथा पदाधिकारीको शपथ ग्रहण

Image
काठमाडौं – छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमवार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमबीच निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्य समितिका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत बैशाख १६ मा भएको निर्वाचनबाट निर्विरोध निर्वाचितभएका कार्य समितिका पदाधिकारी र सदस्य तथा सोमवार बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ । कार्यक्रममा पूर्व अध्यक्ष विजयबहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्वाचित कार्य समितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्ण प्रसाद मानन्धरले शपथ लिएका छन् । त्यसैगरी, कार्यकारिणी सदस्यहरुमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल चन्द्र मानन्धरले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ कार्य समितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्य समितिको सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, नविन मानन्धरलाई पदेन सदस्यको रूपमा मनोनित गरिएको छ । छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजिबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।
Tags: