बर्जर रंगोत्सवको विजेताको घोषणा

Image
काठमाडौं –बर्जर पेन्ट्सले गत वर्ष भादौ १ गतेदेखि मंसिर १० सम्म दशैं–तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको ‘बर्जर रंगोत्सव’ उपभोक्ता अफरको विजेताको घोषणा गरेकोे छ । अफरमार्फत पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कार जितेका छन् । लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्चको एलईडी टिभीको बम्पर पुरस्कार जितेका छन् । त्यस्तै बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले ३४५ लिटरको सामसङ रेफ्रीजेरेटर प्राप्त गरेका छन् । अफर अन्तर्गत अन्य विजेताले १० ओटा ७ दशमलव २ किलोको सामसङ वासिङ मेसिन र २० ओटा सामसङ एओ३७ मोवाइल फोन र ७५ ओटा स्मार्टवाच प्राप्त गरेका छन् । चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्यसहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको बताइएको छ । गतबर्षभन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भईरहेको कम्पनीको भनाइ छ । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो जस्ले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ ।
Tags: