बीएमडब्लूको सर्वाधिक सफल इलेक्ट्रीक एसएभी ‘आईएक्स–३’ नेपालमा

Image
काठमाडौं - जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूले ‘आइएक्स–३’ मोडल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आइएक्स ३ नेपाल ल्याएको बताइएको छ । बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल -एसएभी_ आइएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल रहेको कम्पनीको दावी छ । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा कम्पनी विश्वस्त रहेको बताइएको छ । प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आइएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर जडित छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पिएस र टर्क ४०० न्यूटन मिटर रहेको कम्पनीको भनाइ । यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटिपीको परीक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राखेको छ । यात्रालाई अस्मिरणीय बनाउन म्युजिकको लागि १६ वटा स्पिकर प्रयोग र हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ। यसमा पानारोमिक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा पनि खुला आकासको दृश्यावलोकन गर्न सकिनेछ। यो गाडीमा ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२=३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ।
Tags: