नेपाल एसबिआई बैंकलाई २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति

Image
काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति दिएको हो । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिवेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
Tags: