आजदेखि सन नेपाल लाइफको प्रिमियम सेयर निस्कासन, कसले दिन पाउँछन् आवेदन

Image
काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले आज (सोमवार)देखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३९ थप गरी प्रतिकित्ता रू. २३९ मा ९६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रनेपाल एसबिआई बैंकलाई २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति दिएको हो । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिवेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । ेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्वेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
Tags: