पाण्डवखानी स्वास्थ्यचौकीमा सम्मान तथा विदाई कार्यक्रम

Image
सुरेश छन्त्याल बागलुङ–गलकोट नगरपालिका–१० पाण्डवखानी स्वास्थचौकीमा सञ्चालन भएको दुई दिने निःशुल्क आँखा शल्यक्रिया कार्यमा खटिने सम्पूर्ण संघसंस्था र डाक्टर, पत्रकारलाई मायाको चिनोसहित सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य निरज पुनले अनकुल मौसमका बीच पालिका मध्येकै दुर्गम बस्तीमा आएर १२ घण्टामा आँखा नदेख्नेलाइ देख्ने बनाइदिएकोमा आयोजना गर्ने आयोजक र सेवा प्रदान गर्नु हुने डाक्टर लगाएतको टोलीलाई धन्यवाद दिएका थिए । उनले मानिसको सबैभन्दा ठूलो अंग भनेको आँखा भएको हुनाले संसार नै देख्ने आँखा हो त्यसैले यस्तो महानकार्यको लागि सफलताको शुभकामना व्यक्त गरेका थिए । महिला जागरण केन्द्र पाण्डवखानीकी अध्यक्ष राधिका पुनको अध्यक्षता संविधानसभा सदस्य निरज पुनको प्रमुख आथित्यतामा महिला जागरण केन्द्र पाण्डवखानीको आयोजना हिमालय आँखा हस्पिटल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङ, गलकोट आँखा उपचार केन्द्र बागलुङ र आइ केयर फ्रान्डेसन प्राविधिक सहयोग पाण्डवखानी स्वास्थचौकीको व्यवस्थापन र वडा नम्बर १० को वडा कार्यालयको आर्थिक सहयोगमा भएको शिविरमा करीब २०५ जनाको जेकचाज संगै २६ को अप्रेसन गरिएको थियो ।
Tags: