एक घर एक धारा , स्थानीयमा खुशी

Image
राज्यश्वोर मल्ल मुगु –मुगुको छायाँनाथ रारा नगरपालिकाले विभिन्न संघ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान शुरू गरेको छ । सन् २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने गरेको संकल्पलाई पूरा गर्न नगरपालिकाले अभियान शुरू गरेको हो । विगतमा खानेपानीको समस्या भोग्दै आएको मुगुका नागरिकघरघरमा खानेपानीको धारा निर्माण भएपछि दंग छन् । घण्टांै हिँडेर पानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएपछि मुगु बासी खुसी भएका हुन् । विगतमा खानेपानीको अभावमा खोलाको,कुवाको पानी खानुपर्ने बाध्यता थियो । त्यो अहिले हट्दै गएको छ । खोलाको पानी विभिन्न किसिमका पानीजन्यरोग बाट ग्रसित बनेका उनीहरू प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएको स्थानीयको भनाइ छ । छायाँनाथ रारा नगरपालिका, युएसएआईडी कर्णाली जल परियोजनाकोे आर्थिक सहयोगमा र हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिष्डेकको प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको भित्रका गाउँबस्ती कालपाल्तमा २७ घर , खामगोइटेमा २२ घर , जिउलामा २९ घर, गाडापालिमा ५१ घर , तल्लेखमा ७० घर र मुर्मामा ७३ घर गरी २ सय ७२ घरमाएक घर एक घारा निर्माण गरेको हो । छायाँनाथ रारा नगरपालिको २५ लाख ८८ हजार २ सय ६५ र युएसएआइडीकर्णाली जल परियोजनाकोे १ करोड ५९ लाख २४ हजार १ सय ३९ गरेर १ करोड ८५ लाख १२ हजार ४ सय लगानीमा २ सय ७० घरमा खानेपानीका धारा निर्माण भएको नगरपालिकाले जानकारी दिएकोछ ।
Tags: