पाण्डवखानीमा निःशुल्क आँखा शल्यक्रिया

Image
बागलुङ – गलकोट नगरपालिका–१० पाण्डवखानी स्वास्थचौकीमा निःशुल्क आँखा शल्यक्रिया सम्पन्न भएको छ । महिला जागरण केन्द्र पाण्डवखानीको आयोजना, हिमालय आँखा हस्पिटल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङ, गलकोट आँखा उपचार केन्द्र बागलुङ र आइ केयर फाउण्डेसनको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । महिला जागरण केन्द्र पाण्डवखानीकी अध्यक्ष राधिका पुनको अध्यक्षता गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्माको प्रमुख आथित्यता संविधानसभा सदस्य निरज पुन, शिवरमा प्रमुख प्रशासकीय अकिृत गंग बहादुर भुजेल, नगर प्रवक्ता हिमन्त भण्डारीको विशेष उपस्थितमा शिविर सम्पन्न भएको थियो । हिमालय आँखा अस्पताल पोखरा नेत्र ज्योति संघका नेत्र विशेषज्ञ डाक्टर अनिल पराजुलीको नेतृत्वमा आएको ६ जना डाक्टरको टिम, गण्डकी प्रदेश उपसभापति ध्रुव केसी, नेपाल नेत्र ज्योति संघ बागलुङका सभापति विन्दुसागर राज भण्डारी, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, गलकोट आँखा उपचार केन्द्रका संयोजक तथा नेत्र ज्योति संघका सदस्य नारायण ध्वज मल्ल, गलकोट आँखा उपचार केन्द्र हरिचौरका उपसभापति हिरा बहादुर घर्ती, ओम सुनार लगायतको सहभागीता थियो । कार्यक्रम वडा अध्यक्ष भक्तबहादुर काउचाको स्वागतसँगै आशा श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साथै वडाका समाजसेवी तथा बुद्धिजीवीहरूको समेत उपस्थिती थियो। शिविरमा छिमेकी पालिका बडिगाड गाउँपालिका र रिघाबाट पनि सेवा लिएको र करिब २०५ जनाको जेकचाँज सँगै २६ जनाको अप्रेशन गरिएको गलकोट आँखा उपचार केन्द्र हरिचौरका प्रमुख विनिता पराजुलीले जानकारी दिइन् ।
Tags: