व्यावसायिक कृषिमा बुढा दम्पत्ति

Image
राज्यश्वोर मल्ल मुगुको छायाँनाथ–रारा नगरपालिका– ५ को ढुमाका एक दम्पत्तिले कुखुरापालन, तरकारी र स्याउखेतीबाट अनग्ये आम्दानी गर्दै आएका छन् । ५ वर्षदेखि सक्षम कृषि तथा पशुपन्छी विकास उद्योग सञ्चालन गर्दै आएका जस बुढा र लक्ष्मा बुढाले गाउँमै कुखुरा पालन , फुजी गाला स्याउ र तरकारी खेती गरेर राम्रो आम्दानी लिइरहेका हुन् । मुगुमा पहिलो मेन्दोला फुजि गाला स्याउ खेती गरेको उनको दाबी छ । बिहान उठ्ने बित्तिकै खेतमा पुग्नु, तरकारी बालीमा सिंचाई गर्नु, रोग कीरा लागे नलागेको हेर्नु र गोडमेल गर्नु कुखुरा लाई दाना दिनु बाख्रा र भैसिलाई घाँस दिनु बुढाका दम्पतीको दैनिकी हो । उनीहरूले १ रोपनी जमिनमामा भैंसी, जमुना पारी बाख्रा, हाँस र गिरिराज कुखुरा, फाईटर कुखुरा(घाँटी खुईले सागिनि जात लोकल), सात रोपनी जग्गामा स्याउ खेती र ४ रोपनीमा काउली, बन्दा, प्याज गाजर, आलु , खुर्सानी लगाउँदै आएका छन्। समाजले पढे लेखेका मानिसले खेती किसानी गर्दा नकारात्मक रुपमा हेर्ने गरेको र आफूले त्यो भ्रम चिर्न चाहेको बताए । बुढाले स्नातकसम्मको अध्ययन गरेका छन् । तरकारी खेतीबाट उनीहरुले वार्षिक चार लाखसम्म आम्दानी गरेको बताउँछन्। त्यस्तै कुखुरा भैंसी बाख्राबाट वार्षिक तीन लाख आम्दानी गर्ने उनको भनाइ छ । मौसमी र बेमौसमी खेती गर्दै आएका बुढा दम्पतीले उत्पादित दूध, मासु, तरकारी सदरमुकाम गमगढीमा विक्री गर्छन् । सफल किसानका रूपमा परिचित बुढा परिवारले सबै गरेर १४ रोपनीमा व्यवसाय गर्दै आएका छन् । बजार राम्रै भएपनि कोल्ड स्टोर भएको अवस्थामा भण्डारण गर्न सजिलो हुने उनको अपेक्षा छ ।
Tags: